भारत ‘ए’सँग नेपाल १६७ रनमै अलआउट
काठमाडौं : श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत भारत ‘ए’सँग भिडिरहेको नेपाल १६७ रनमा अलआउट भएको छ।
टस जितेर ब्याटिङ रोजेको नेपाली टोली ३९.२ ओभरमा १६७ रनमा अलआउट भएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले ६५ र गुल्सन झाले ३८ रन जोडे।
३७ रनमा ५ विकेट गुमाएको अवस्थामा कप्तान रोहितले सोमपाल कामीसँग ५३ र गुल्सन झासँग ५४ रनको साझेदारी गरेका थिए।
नेपालका आसिफ शेखले ७, देव खनालले १५, भीम सार्कीले २ रन जोडे भने कुशल भुर्तेलले खाता खोल्न सकेनन्। कुशल मल्लले पनि रन जोड्न सकेनन्।
खाता नखोल्दै विकेट गुमाएको नेपालले दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरेको थियो। तर, ८ रनको अन्तरमा ३ विकेट गुमाएर नेपाल फेरि दबाबमा आएको हो।
सोमपालले पनि १४ रन बनाए। रोहितले ६७ बलमा ६ चौका प्रहार गरेका थिए। नेपालले एक सय ४४ रन जोड्दा सातौँ विकेटका रूपमा रोहितलाई गुमाएको थियो।
आफ्नो पहिलो ओभर बलिङ गर्न आएका पार्ट टाइमर निसान्त सिन्धुले दोस्रो बलमै रोहितलाई आउट गरेका थिए। त्यसपछिका बाँकी तीन विकेट पनि सिन्धुले नै हात पारे।
भारत ‘ए’ का सिन्धुले ४, राजबर्द्धन हंगरगेकरले ३ र हर्सित रानाले २ विकेट हात पारे।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
साउन १, २०८० सोमबार १७:४०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।