केन्द्रीय ससिति बैठक लाइभ गर्ने देउवाको प्रस्ताव

केन्द्रीय ससिति बैठक लाइभ गर्ने देउवाको प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारबाट सुरु शुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव राखेका छन्।

सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि नेता शशांका कोइरालाले पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव गरेको जानकारी दिए।

यो प्रस्वतावमा धेरै व्यक्ति सहमत भए पनि केहीले प्रत्यक्षण प्रसारण हुँदा खुलेर बोल्न नसक्ने भएकाले गर्न नहुने तर्क पेश गरेको उनको भनाइ छ।

‘भोलि कार्यक्रम (केन्द्रीय समिति बैठक) लाइभ (प्रत्यक्ष प्रसारण) गर्ने हो कि भन्नेबारे छलफल भयो,’ उनले भने, ‘धेरै व्यक्तिले सहमति जनाए पनि केही व्यक्तिले भने लाइभ हुनेबित्तिकै मान्छेले ह्दयबाट बोल्दैनन्।’

यो प्रस्ताव चाहिँ कसको भन्ने सञ्चारकर्मीको प्रश्नमा कोइरालाले भने, ‘शेरबहादुरजी आफैँले भन्नुभएको हो यो कुरा।’

यस्तै बैठकमा राजनीतिक प्रतिवेदन पेश भएपछि संघ सरकार र प्रदेश सरकार तथा यसका गतिविधिका बारेमा बोल्नका लागि केन्द्रीय सदस्यहरूलाई फ्लोर ओपन गर्ने कुरा भएकोसमेत उनले जानकारी गराए।

सोमबारको बैठकमा नीति महाधिवेशनबारे टुंगो नलागेको र बर्खापछि गर्ने कुरा भएको बताउँदै उनले भ्रष्टाचारमा संलग्न भएका नेताहरूको बारेमा पनि यस बैठकमा केही छलफल नभएको बताए।

मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अजेन्डाको बारेमा मंगलबार विहान बस्ने बैठकले टुंगो लगाउने उनले जानकारी दिए।

साउन १, २०८० सोमबार १७:३२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।