पानारोमीक ग्लास रुफ सहितको बीएमडब्लूको इलेक्ट्रिक एसएभी‘आईएक्स–३’ नेपालमा

पानारोमीक ग्लास रुफ सहितको बीएमडब्लूको इलेक्ट्रिक एसएभी‘आईएक्स–३’ नेपालमा

काठमाडौँ : जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्लूको मोडल आइएक्स–३ नेपालमा सार्वजनिक भएको छ। नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स ३ नेपालमा ल्याएको हो।

बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा सर्वाधिक बिक्री हुने मोडल रहेको कम्पनीले जनाएको छ।

कम्पनीले नेपालमा ३ वर्षदेखि बीएमडब्लूका प्रिमियम उत्पादन बिक्री गर्दै आएको छ। नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई हेरेर शून्य कार्बन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको माग बमोजिम अल–इलेक्ट्रिक एसएभीआईएक्स–३ ल्याइएको कम्पनीले जानकारी दिएको छ।

निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष रहेको कम्पनीको दाबी छ। यसमा ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर रहेको छ। कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको र यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्युटन मिटर रहेको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिङ्गल चार्जमा ४६० किलोमिटर रेन्ज दने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको कम्पनीले जानकारी दिएको छ। उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्ने विवरणमा उल्लेख छ।

आइएक्स–३ मा पानारोमीक ग्लास रुफको प्रयोग गरिएको कारण दिन र रातको समयमा खुल्ला आकाशको दृश्यावलोकन गर्न सकिने, ड्यास बोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको कम्पनीले जानकारी दिएको छ।

लक्ष्मी प्रिमियम मोटर्सले सन् २०२० देखि बीएमडब्लूका विभिन्न उत्पादन नेपाली बजारमा विक्री गर्दै आएको छ। काठमाडौँको तीनकुनेमा सुविधा सम्पन्न शोरुम सञ्चालनमा छ।

साउन १, २०८० सोमबार १७:२२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।