सारुक घटनामा फिल्म निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ

सारुक घटनामा फिल्म निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ

काठमाडौं : अभिनेता सारुक ताम्राकार आत्महत्या घटनामा प्रहरीले फिल्म निर्माता र निर्देशकसँग सोधपुछ गरेको छ।

प्रहरी वृत्त मालिगाउँले फिल्म ‘ह्यासट्याग माया’का निर्माता शर्मिला थापा र निर्देशक राजीव गुरुङसँग सोधपुछ गरेको हो।

अभिनेता ताम्राकार फिल्म ह्यासट्याग मायाको छायांकन सकेर घर आएपछि आत्महत्या गरेका थिए।

निर्देशक गुरुङले सुटिङस्थलमा नायिकासँग झगडा परेपछि उनी निरास देखिएको, सात महिना अगाडि दोलालघाट गएर मसानघाटमा पुजा गरेर बुटी लगाएको जस्ता जानकारी सार्वजनिक गरेका थिए।

आत्महत्यापछि प्रहरीमा ताम्राकार परिवारले घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै निवेदन दिएका थिए।

सोही निवेदनको आधारमा प्रहरीले औपचारिक अनुसन्धान शुरू गरेको हो।

सारुक आत्महत्या प्रकरण

साउन १, २०८० सोमबार १७:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।