बुवाआमा रोपाईंमा गएको बेला १२ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

बुवाआमा रोपाईंमा गएको बेला १२ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

झापा : १२ वर्षीया बालिकालाई फकाएर घरमा ल्याई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–१ बस्ने ५९ वर्षीय नरेश रसाईली रहेका छन्। उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

रसाईलीले ती बालिकालाई बुवाआमा धान रोप्न खेतमा गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगि ललाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

साउन १, २०८० सोमबार १४:५८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।