नेपालको दोस्रो विकेट पतन, आशिफ ७ रन बनाएर आउट
काठमाडौं : नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले दोस्रो विकेटका रुपमा आशिफ शाहलाई गुमायो।
उनले १५ बल खेलेर एक चौकासहित ७ रनमा मात्र जोड्न सके। उनी राजवर्धन हंगरगेकरको बलमा आउटसाइड एज लागेर विकेट किपरबाट क्याचआउट भए।
अहिले क्रिजमा देव खनाल र कप्तान रोहित पौडेलले खेलिरहेका छन्।
यसअघि ओपनर भुर्तेल इनिङ्सको दोस्रो बलमै हर्सित रानाबाट एलबीडब्लु आउट भए।
पाकिस्तान ए सँगको हारपछि नेपालले टिममा दुई परिवर्तन गरेको छ।
तीव्र गतिका बलर किशोर महतो र देव खनाललाई खेलमा भित्र्याउँदा अर्जुन साउद र प्रतिश जीसी बेन्चमा बसेका छन्।
साउन १, २०८० सोमबार १४:५१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।