व्यवहारिक शिक्षा,  रोजगारमुखी शिक्षण प्रणाली

व्यवहारिक शिक्षा,  रोजगारमुखी शिक्षण प्रणाली

काठमाडौँ : शिक्षण सिकाइका लागि शैक्षिक संरचना र पाठ्यक्रमको महत्त्व हुन्छ नै। त्यसमा भौतिक संरचनाको महत्त्व पनि उत्ति कै हुन्छ नै। खुल्ला वातावरणमा हुने सिकाइले विद्यार्थीको बौद्धिक विकासमा प्रभाव पार्छ नै।

१६ हजार ७ सय २५ स्क्वायर फिट क्षेत्रफलमा अत्याधुनिक भौतिक संरचनासहितको साउथ वेस्टर्न स्टेट कलेज खुल्ला वातावरणमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि राम्रो रोजाई बन्न सक्छ।

२०६६ मा स्थापित कलेजले आईएसओ ९००१ : २०१५ प्रमाणपत्र पाइसकेको छ। काठमाडौँको वसुन्धरामा रहेको कलेज क्षेत्र शान्त शैक्षिक वातावरणमा छ। 

अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको संयुक्त छलफलद्वारा अध्ययन अध्यापन पद्धति अपनाएको कलेजले संयुक्त सिकाइलाई प्राथमिकता दिँदै आएको कलेजका असिस्टेन्ट क्याम्पस चिफ हरिसिंह केसी बताउँछन्।

समयानुकूल ई–लर्निङलाई प्राथमिकतामा राखेको कलेजमा विज्ञान, व्यवस्थापन र कानुन सङ्कायमा पढाइ भइरहेको छ। कलेजले एमए, एमबीएस, बीबीएस, बीसीए र बीएसडब्लू कोर्सको अध्ययन अध्यापन गराउँदै आएको छ।

कलेजले सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक र प्रयोगात्मक अभ्यासलाई प्राथमिकतामा राखेको केसी बताउँछन्। यसका लागि साइन्स, कम्प्युटर र म्यानेजमेन्ट ल्याब  स्थापना भइसकेको छ।

कलेजका विद्यार्थीहरूले आईओई, आईओएम, एमओई, बिडिएस नर्सिङ, भेटनरी, चार्टर्ड एकाउन्टेन्ट जस्ता छात्रवृत्तिहरूमा उत्कृष्ट अङ्कका साथ नाम निकाल्न सफल भइरहेको देखिन्छ।

विद्यार्थीहरूमा रहेको प्रतिभा प्रदर्शनका लागि कलेजले हरेक महिना साउथ वेस्टर्न न्युज लेटर प्रकाशन गर्दै आएको छ।

कलेजले आफ्ना विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमणका लागि अमेरिका, बेलायत, नर्वे, इजिप्ट, टर्की, भारत, चीन लगायतका देश पठाउने गरेका छन्। ती देशहरूमा अन्तर्देशीय सांस्कृतिक परम्परा आदानप्रदान हुँदै आएको कलेजले जानकारी दिएको छ।

अनुसन्धानमुखी शिक्षा र सामाजिक उत्तरदायित्वलाई अगाडि बढाउन साउथ वेस्टर्न एकेडेमिक रिसर्च सेन्टर समेत स्थापना गरेको कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय, सडक बालबालिका, दुःखी तथा जेहेन्दार ६० जना विद्यार्थीहरूलाई निःशुल्क खाना, बस्न र अध्ययनको व्यवस्था गरेको कलेज व्यवस्थापनले जानकारी दिएको छ।

शैक्षिक क्षेत्रमा लामो समयको अनुभव भएका सञ्चालक समूह, दक्ष व्यवस्थापकीय टिम र प्राज्ञिक शिक्षक शिक्षिकाको समूह रहेको कलेजले आफ्ना विद्यार्थीको रोजगारीको ग्यारेन्टीका लागि सोही अनुसारको शिक्षक सिकाई पद्धति अपनाएर रोजगारमुखी शैक्षिक कार्यक्रम चलाएको जनाएको छ।

साउन १, २०८० सोमबार १४:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।