अवैध औषधि पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता

अवैध औषधि पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

अनधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए। 

प्रहरीले शुक्रबार भीमदत्त नगरपालिका क्षेत्रका ६ मेडिकल पसलमा खानतलासी गरेको थियो। ती मेडिकल पसलका चार सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक थापाको भनाइ छ। दुई जना मेडिकल सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ। 

यसअघि प्रहरीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका क्षेत्रबाट ११  मेडिकल सञ्चालकलाई समातेको थियो।

साउन १, २०८० सोमबार १०:२२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।