आज साउनको पहिलो सोमबार, पशुपति लगायत देशभरका शिव मन्दिरमा घुइँचो

आज साउनको पहिलो सोमबार, पशुपति लगायत देशभरका शिव मन्दिरमा घुइँचो

काठमाडौं : आज साउन महिनाको पहिलो सोमबार पशुपति लगायत देशभरका शिवा मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ। 

साउन महिना विशेषगरी शिव भगवानको महिनाको रुपमा मानिन्छ। हिन्दु धर्मावलम्बीहरुले साउनको सोमबार शिवको विशेष पूजा आराधना गर्ने गर्छन्।

यस वर्ष साउन महिनामा पाँच सोमबार परेको छ। महिनाको पहिलो सोमबार साउनको पहिलो दिन (साउने संक्रान्ति) कै दिन परेकाले पनि शिव मन्दिरहरुमा भिड लागेको हो।

साउन १, २०८० सोमबार ०९:०८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।