आज साउने संक्रान्ति मनाइँदै, कर्णालीमा सार्वजनिक बिदा

आज साउने संक्रान्ति मनाइँदै, कर्णालीमा सार्वजनिक बिदा

काठमाडौं : आज देशभर साउने संक्रान्ति पर्व मनाइँदैछ। सूर्य आजदेखि मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने तथा दक्षिणायन हुने (दक्षिण हुँदै हिंड्ने) हुनाले विशेष रुपमा यो पर्व मनाइन्छ।

कर्णाली प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने संक्रान्ति अर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाइँदैछ।

बेथिति, विकृति र शारीरिक विकार मुक्त गरिने दिनका रुपमा मनाइने यो पर्वमा आज कर्णालीमा राँको बाल्ने र लुतो फाल्ने गरिन्छ।

त्यस्तै, नागरिकको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक जीवन तथा सुशासनबारे लय, गीत र शारीरिक हाउभाउबाट प्रकट गर्न मनोरञ्जनात्मक तवरले खेलिने देउडा विशेष कार्यक्रम पनि गरिंदै छ।

साउन १, २०८० सोमबार ०८:५५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।