आज देशभर वर्षाको सम्भावना

आज देशभर वर्षाको सम्भावना

काठमाडौं : आज (सोमबार) कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानहरुमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज  देशभर आंशिकदेखी सामान्य बदली रहनेछ।​​​​​​​ मधेश प्रदेशका थोरै र बाँकी  प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने मधेश प्रदेशका एक-दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साउन १, २०८० सोमबार ०७:१७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।