बैंकिङ कसुर मुद्दामा एमाले नेता तथा पूर्वकृषि मन्त्री पक्राउ

बैंकिङ कसुर मुद्दामा एमाले नेता तथा पूर्वकृषि मन्त्री पक्राउ

बुटवल : लुम्बिनी प्रदेश सरकारका पूर्वकृषि मन्त्री एवं एमाले नेता विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ।

बैंकिङ कसुर मुद्दामा पूर्व कृषिमन्त्री यादवलाई बाँके प्रहरीले पक्राउ गरेको हो।

आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले यादवलाई डुडुवा गाउँपालिका-१ होलियाबाट पक्राउ गरेको हो। 

रुपन्देही जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी भएअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए।

उनले बैंकिङ कसुरअन्तर्गत रुपन्देही प्रहरीको पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको र मुद्दाको विस्तृत विवरण आफूलाई पनि थाहा नभएको उनले बताए।

असार ३१, २०८० आइतबार २२:१३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।