आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौं : चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन धितोपत्र बजार निकै सकारात्मक रहेको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार (आज) दोहोरो अंकले उकालो लाग्यो।
आज नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले उकालो लागेर ३९४.१५ मा पुगेको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ।
आइतबार कूल ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता शेयर रू दुई अर्ब ३७ ६४ लाख २७ हजार पाँच सय ७३ बराबरको कारोबार भएको छ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ। सो कम्पनीको रू १९ करोड १३ लाख ११ हजार तीन सय ७२ बराबरको कारोबार भएको छ।
असार ३१, २०८० आइतबार १७:४६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।