ललिता निवास प्रकरण : पक्राउ परेका १७ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

ललिता निवास प्रकरण : पक्राउ परेका १७ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। 

यस प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थपको अनुमति दिएको हो। केन्द्रीय अनुसन्धान ब्यूरोले थप अनुसन्धान गर्न भनेर म्याद थप मागेको थियो।

ललिता निवास प्रकरणमा नेपाल सरकारका सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ लगायत १७ जना पक्राउ परेका छन्।

असार ३१, २०८० आइतबार १६:३३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।