५ हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा बाँच्छु जस्तो लागेको थिएन : केपी ओली

५ हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा बाँच्छु जस्तो लागेको थिएन : केपी ओली

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले आफू ५ हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा बाँच्छु जस्तो नलागेको अनुभव साटेका छन्।

उनले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत २०५२ सालमा भएको हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव सेयर गरेका हुन्। 

उनले लेखेका छन्, ‘पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन। झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतार हतार आफ्ना हातखुट्टा छामी हेरें। आश्चर्य लाग्यो। म घाइते थिएँ तर जिउँदो थिएँ।’

‘मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो। सफलताको अनुभूति गरें। बाँच्नु आफैंमा एउटा सफलता हो। मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो,’ उनले थपे।

साथै उनले आफ्नो युट्युब च्यानलमार्फत आफ्नो जीवनका यस्ता अनुभवहरू बाँड्न थालेकाले च्यानल सब्सक्राइब गर्न अनुरोध गरेका छन्।

असार ३१, २०८० आइतबार १६:१०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।