सहकारीलाई नियमन गर्न शक्तिशाली संस्था चाहियो : विश्वप्रकाश शर्मा

सहकारीलाई नियमन गर्न शक्तिशाली संस्था चाहियो : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारी पीडितको माग सम्बोधन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले सहकारीलाई नियमन गर्न शक्तिशाली संस्थाको आवश्यकता रहेको बताए।

उनले भने, ‘सहकारीकर्मीहरु आन्दोलनमा छन्। केही सहकारीकर्मीका कारण सयौं सहकारी आलोचित भएका छन्। सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्छ। सहकारीकर्मीसँग संवादमार्फत माग पूरा गर्न आग्रह गर्न चाहन्छु।’

उनले हरेक दुई वर्षमा नेपाली श्रमिकको न्यूनतम ज्याला तोकिने व्यवस्था भए पनि सरकारले कुनै चासो नदेखाएकोमा गुनासो गरे।

असार ३१, २०८० आइतबार १५:५२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।