सोमबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

सोमबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। 

यही साउन १ गते (सोमबार) दिउँसो १ बजेका लागि तय गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश अनिश्चितकालका लागि स्थगित गरिएको हो।

विशेष कारणवश तोकिएको दिन र समयमा बैठक बस्न नसक्ने भन्दै संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना जारी गरेका छन्। 

सूचनामा अर्को बैठक कहिले बस्ने भनेर तोकिएको छैन। 

असार ३१, २०८० आइतबार १५:४०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।