न्यायाधीशहरूको नियुक्ति चाँडै हुन्छ : प्रधानन्यायाधीश कार्की

न्यायाधीशहरूको नियुक्ति चाँडै हुन्छ : प्रधानन्यायाधीश कार्की

काठमाडौं : प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताएका छन्।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसँगको भेटघाटमा उनले समयमा न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताए।

प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा मुद्दा फर्छ्याेटमा कठिनाइ भएकाले जति सक्दो छिटो परिषद्को बैठक राख्ने तयारी गरिरहेको उल्लेख गरे। उनले सर्वोच्च अदालतमा सात तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुन लागेको बताए।

‘सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था छ, त्योअनुरुप हुन नसक्दा पाँच न्यायाधीशले मात्र काम गर्नुपरेको अवस्थामा मुद्दाको चाप बढेको हो,’ उनले भने। उनले सर्वोच्च अदालतमा मुद्दा फर्छ्याेट प्रक्रिया तीव्ररुपमा अघि बढाएको र अहिलेको तरिकाले काम गरेमा दुई वर्षमा पुराना मुद्दा फर्छ्याेट गर्न सकिने जानकारी दिए।

असार ३१, २०८० आइतबार १५:२९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।