मिटरब्याज सम्बन्धी विधेयक संसद्मा आज पारित हुने

मिटरब्याज सम्बन्धी विधेयक संसद्मा आज पारित हुने

काठमाडौं : मिटरब्याज सम्बन्धी विधेयक आज (आइतबार) नै प्रतिनिधिसभाबाट पारित हुने भएको छ।

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकमा राजनीतिक दलका नेताहरूबीच मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने सहमति भएको हो। 

मिटरब्याज सम्बन्धि विधेयक यसअघि नै असार २० गते पारित गरिसक्नुपर्ने भए पनि संसद् अवरोधका कारण पारित हुन सकेको थिएन।

असार ३१, २०८० आइतबार १५:१९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।