एमालेप्रति लक्षित गर्दै मन्त्री ज्वालाले भने : धूप बत्ती गर्दैमा यो गठबन्धन ढल्दैन

एमालेप्रति लक्षित गर्दै मन्त्री ज्वालाले भने : धूप बत्ती गर्दैमा यो गठबन्धन ढल्दैन

जनकपुर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले  कसैले चाहँदैमा सत्ता गठबन्धन नढल्ने बताएका छन्।

आइतबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको सत्ता गठबन्धन निकै बलियो भएको बताए।

एमालेप्रति लक्षित गर्दै उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ। कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूप बत्ती गर्दैमा गठबन्धन ढल्दैन।’ 

‘प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु छन्। चुनावका बेलमा सँगै अघि बढेका शक्तिहरु अहिले एक ठाउँमा छन्। जटिल मोडहरुमा एकताबद्ध भएका शक्तिहरु एक ठाउँमा छन्,’  उनले थपे। 

असार ३१, २०८० आइतबार ११:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।