परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जाँदै, बिमस्टेक राष्ट्रको परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिने

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जाँदै, बिमस्टेक राष्ट्रको परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिने

काठमाडौं : परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद आइतबार थाइल्याण्ड जाँदै छन्।

थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बिमस्टेक राष्ट्रको परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज उनी त्यसतर्फ जान लागेका हुन्।

परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ। उनी सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भइ मंगलबार स्वदेश फर्कने छन्।

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो।

असार ३१, २०८० आइतबार ११:३६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।