इजरायली प्रधानमन्त्री अस्पताल भर्ना, छातीमा समस्या देखिएपछि राखियो आकस्मिक कक्षमा

इजरायली प्रधानमन्त्री अस्पताल भर्ना, छातीमा समस्या देखिएपछि राखियो आकस्मिक कक्षमा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु शनिबार साँझ अस्पताल भर्ना भएका छन्।

‘टाइम्स अफ इजरायल’को रिपोर्टका अनुसार उनको छातीमा समस्या देखिएको छ।  

नेतन्याहुलाई अस्पतालको आकस्मिक कक्षमा लगिएको छ। हाल उनको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। यसअघि ५ अक्टोबर २०२२ मा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो। 

प्रधानमन्त्री कार्यालयका अनुसार नेतान्याहु अस्वस्थ महसुस गर्दै आएका छन्। 


 

असार ३१, २०८० आइतबार १०:४७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।