गगन थापालाई सुझाव दिन चाहनुहुन्छ ?

गगन थापालाई सुझाव दिन चाहनुहुन्छ ?

काठमाडौँ ः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुझाव मागेका छन्। 

११ महिनापछि बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुँदै छ। 

यस बीचमा विभिन्न जिल्लामा पुग्दा आफूले पाएका सुझाव र सल्लाहलाई केन्द्रीय कार्यसमितिमा राख्ने महामन्त्री थापाले बताएका छन्। 

सामाजिक सञ्जालमार्फत थापाले बैठकमा राख्नुपर्ने विषय र एजेण्डाबारे सुझाव माग गरेका हुन्। 

प्रधानमन्त्रीपत्नी सीता दाहालको निधनका कारण सरेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन २ गते बस्दै छ। 

थापाले [email protected] यस इमेलमा आफूलाई सुझाव दिन आग्रह गरेका छन्। 

 

असार ३१, २०८० आइतबार ०९:०९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।