भारतीय टोलीमा नअटाएका रिंकु एसियन गेम्स खेल्ने टिममा भने परे, बाँडे खुसी

भारतीय टोलीमा नअटाएका रिंकु एसियन गेम्स खेल्ने टिममा भने परे, बाँडे खुसी

आईपीएल २०२३ मा कोलकाता नाइट राइडर्सका लागि उत्कृष्ट प्रदर्शन गरेका रिंकु सिंह एसियन गेम्सका लागि भने भारतीय टोलीमा छनोट भएका छन्।  

रिंकु सिंहले इन्स्टाग्राममा पोस्ट गर्दे भारतीय टिममा परेकोमा खुसी साटेका छन्। कोलकाता नाइट्राइडर्सले पनि रिंको फोटो राखेर 'फाइनल्ली' लेखेको छ। रिंकुले पनि आफू टिम इन्डियामा परेको खबर आफ्नो इन्स्टाग्राम स्टोरीमा अपलोड गरेका छन्। 

यसअघि भारतीय टोलीको आगामी टी–२० सिरिजका लागि रिंकु सिंहले टिममा स्थान पाएका थिएनन्। वेस्ट इन्डिजले हार्दिक पाण्डेको कप्तानीमा ५ वटा टी–२० सिरिज खेल्नेछ। तर आईपीएलका स्टारहरू सहभागी हुनेछन्। तर रिंकुको नाम भने छैन।

एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्जाओमा आयोजना हुनेछ।

सन् २०१४ पछि एसियाली खेलकुद-२०२२ मा क्रिकेटलाई फेरि समावेश गरिएको छ। खेलकुदमा पुरुष र महिला टी-२० खेल हुनेछन्। 

असार ३१, २०८० आइतबार ०७:४४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।