पल काण्डमा सन्दीपमा देखिएन पछुतो, एपिसोड हट्यो, हटेन भ्रम

पल काण्डमा सन्दीपमा देखिएन  पछुतो, एपिसोड हट्यो, हटेन भ्रम

काठमाडौँ : गत साता प्रसारित ह्वाट द फ्लप शोको भिडियो यूट्युवम खोज्यो भने फेला पर्दैन। कम्पनीले पात्र चयन र प्रस्तुतिमा चुकेको भन्दै भिडियो युट्युबबाट हटाएको थियो।

नाबालिग बलात्कार अभियोगमा हिरासत र जेल बस्दाको पल शाहको अनुभवलाई क्षत्री र पलले मजाक गर्दै प्रस्तुत गरेपछि दर्शकले आलोचना गरे। दर्शकको तीव्र आलोचनापछि नै टेलिभिजनले एपिसोडै हटाएको थियो।

शनिवार शो नियमित प्रसारण भयो। गेस्ट आएका थिए किरण केसी र राजाराम पौडेल।

कम्पनीले गल्ती भएको अनुभव गर्दै एपिसोडै हटाउँदा काण्डका मुख्य व्यक्ति सन्दीप सहमत हुन् या हैनन् अनि उनमा त्यो कार्यक्रममा गरेको व्यवहारप्रति पश्चात्ताप या दुख छ या छैन देखिने त लगत्तैको एपिसोडमा हो।

तर उनले शनिवार प्रसारित एपिसोडमा सो गम्भीर गल्तीबारे केही उल्लेखै गरेनन्। सबै जात, भाषा, लिङ्ग अनि संविधानको सम्मान गर्छौ भनेर गफ दिए अनि कार्यक्रम सुरु गरे।

कतै अन्त्यतिर भएको गल्ती स्विकार्छन् कि भनेको त्यो पनि गरेनन्। अर्थात् टेलिभिजनले गाली गाएपछि एपिसोड हटायो।

तर क्षत्री त्यो कार्यक्रममा पललाई ल्याउनु अनि नाबालिग बलात्कारको गम्भीर अभियोगमा जेल बस्दाको अनुभवमा अट्टहास गर्नु गल्ती थिएन भन्नेमै देखिए।

नत्र शनिवारको एपिसोडमा केही त बोल्थे। कार्यक्रमको व्यवहारप्रतिको आलोचनापछि पलले सञ्जालमा लेख्दै निधारमा बलात्कारी लेख्दै हिँडौँ कि आत्मदाह गरौँ भनेका थिए।
धन्न सन्दीप त्यतातिर गएनन्। 

असार ३१, २०८० आइतबार ००:००:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।