बिलमा भएको भन्दा बढी सामान भएको तीन वटा ट्रक नियन्त्रणमा

बिलमा भएको भन्दा बढी सामान भएको तीन वटा ट्रक नियन्त्रणमा

पर्सा : जिल्लाको बिराटनगर महानगरपालिका–१४ स्थित चण्डाल चोकबाट असार २९ गते सशस्त्र प्रहरीले करिब १ करोड ३६ लाख ९७ हजार रूपैयाँ बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले  बिरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना. ६ ख ४४४६, ना. ७ ख २३३५ नम्बरको ट्रकमा जाँच गर्दा बिल बिजकमा उल्लेखित मुल्य भन्दा बढि सामान देखिएपछि नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका ट्रकहमा किसमिस, भटमास, पिल्लो, नेटकटन लगायतका सामानहरु रहेका छन्।

नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्रका सहायक प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। 

असार ३०, २०८० शनिबार १६:३१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।