भारततर्फ सडक निर्माणका लागि ‘ब्लास्टिङ’ गर्दा नेपालमा क्षति

भारततर्फ सडक निर्माणका लागि ‘ब्लास्टिङ’ गर्दा नेपालमा क्षति

खलंगा : भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति भएको छ।

भारतको पिथौरागढ जिल्ला धारचुला तहशिल अन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनी बलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुगेको हो। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान  बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको छ। 

‘ब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिना सूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ,’  स्थानीय नरभान बडूले बताए। 

असार ३०, २०८० शनिबार १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।