गृह जिल्ला सुर्खेत पुगेर रक्षामन्त्री खड्काले भने : जनतासँग गरेका बाचा ५ वर्षभित्र पुरा गर्छौं

गृह जिल्ला सुर्खेत पुगेर रक्षामन्त्री खड्काले भने : जनतासँग गरेका बाचा ५ वर्षभित्र पुरा गर्छौं

सुर्खेत : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पुरा गर्ने बताएका छन्। उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पुरा गरेरै छोड्ने बताए।

गृह जिल्ला सुर्खेत पुगेका खड्काले शनिबार पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताए।

उनले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको बताउँदै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णालीका महत्वपूर्ण विकास योजना अघि बढाइएको उल्लेख गरे।

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोर लगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए।

असार ३०, २०८० शनिबार १६:००:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।