राष्ट्रिय भलिबल लिगको महिलातर्फको उपाधि पुलिसलाई, फाइनलमा एपीएफ पराजित
काठमाडौं : नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फको उपाधि जितेको छ। फाइनलमा नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेल पुलिसले २५-१२, २१-२५, २५-२३ र २५-१९ को सेटमा आफ्नो पक्षमा पार्यो।
जितसँगै पुलिसले उपाधिसहित ६ लाख नगद पुरस्कार प्राप्त गर्दा दोस्रो भएको एपीएफले ३ लाख प्राप्त गरेको छ।
असार ३०, २०८० शनिबार १५:३६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।