सप्तकोशीमा खसेको ट्रक निकालियो

सप्तकोशीमा खसेको ट्रक निकालियो

काठमाडौं : सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक निकालिएको छ।

शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो।

क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो। ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो।

सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी ब्यारेजको पुलको १० नम्बर ढोकाअगाडि ट्रक सप्तकोशी नदीमा खसेको थियो।

ट्रकमा सवार तीनजना लाई सकुशल उद्धार गरिएको थियो।

असार ३०, २०८० शनिबार १५:०२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।