हामी गाली खान तयार छौं, तर मर्यादित भएर आलोचना गर्दिनुस् : रवि लामिछाने

हामी गाली खान तयार छौं, तर मर्यादित भएर आलोचना गर्दिनुस् : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।

बूढानीलकण्ठ नगरपालिकामा शनिबार आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे।

‘हामी गाली र आलोचना ग्रहण गर्न तयार छौं, सप्रिने र सच्चिने यसरी नै हो। तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस्,’ उनले भने।

सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरेर रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उनले जनताको मुद्दामा निःस्वार्थ र निःशर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ। फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्,’ उनले भने।

असार ३०, २०८० शनिबार १४:५०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।