हामीले प्रहरीलाई फलानालाई ल्याउनुस्, फलानालाई नल्याउनुस् भनेका छैनौँः गृहमन्त्री

हामीले प्रहरीलाई फलानालाई ल्याउनुस्, फलानालाई नल्याउनुस् भनेका छैनौँः गृहमन्त्री
फाइल तस्वीर

चितवनः उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका छन्।

चितवनको भरतपुरमा शनिबार पत्रकारसँग कुरा गर्दै मन्त्री श्रेष्ठले निर्दोष फस्ने र दोषी उम्किने अवस्था आउन नदिन आफू सचेत रहेको पनि बताए।

'तपाईंहरू काम गर्नुस् भनेका छौं। प्रहरीले त्यसैगरी कम गरिरहेको छ,' उनले भने, 'कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभई तथ्य प्रमाणका आधारमा समातिनेछन्।' 

उनले थपे,‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं। हामी त्यस्तो कुरा गर्दैनौं। तपाईंहरू काम गर्नुस् भनेका छौं। प्रहरीले त्यसैगरी कम गरिरहेको छ।’

असार ३०, २०८० शनिबार १३:१३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।