एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्य विभाजन अनुसार कामको मूल्याङ्कन र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने उनले बताए।

असार ३०, २०८० शनिबार १३:०३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।