यी नदीहरूमा आज बाढीको जोखिम, सतर्क रहन आग्रह

यी नदीहरूमा आज बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले देशभरका केही नदीहरूमा ठूलो बाढी आउने संकेत गरेको छ। 

बाढी पूर्वानुमान महाशाखाले कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वीराप्ती र यसका सहायक नदीहरूको वहाब सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको जनाएको छ भने सुनकोशी, नारायणी, सेती, कालिगण्डकी, महाकाली, पश्चिम राप्ती नदीमा पानीको वहाब उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ। 

त्यस्तै स्याङ्जा, कास्की, तनहुँ, नवलपरासी वर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्तापूर्व, रूपन्देही, पाल्पा, अर्घाखाँची, प्यूठान, गुल्मी र आसपास भइ बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ।

महाशाखाले देशैभरका ससाना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान गरेको छ।

असार ३०, २०८० शनिबार १३:०१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।