चार्जमा राखेको मोबाइलमा फोन उठाउँदा करेन्ट लागेर झापामा एक जनाको ज्यान गयो

चार्जमा राखेको मोबाइलमा फोन उठाउँदा करेन्ट लागेर झापामा एक जनाको ज्यान गयो

झापा : चार्जमा राखेको मोबाइलमा फोन उठाउँदा करेन्ट लागेर झापामा एक महिलाको ज्यान गएको छ।

झापाको गौरीगन्ज गाउँपालिका-१ की ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शुक्रबार दिउँसो ३ बजेतिर खेतमा काम गरेर फर्किएकी सिलाले चार्जमा राखिरहेको मोबाइलमा फोन आएपछि उठाउँदा करेन्ट लागेको थियो।

प्रहरीका अनुसार  करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

असार ३०, २०८० शनिबार १२:२३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।