राष्ट्रिय भलिबल लिगको उपाधिका पुलिस र एपीएफ भिड्दै
काठमाडौं : सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब लिगको उपाधिका लागि महिलातर्फ फाइनलमा आज (शनिबार) पुलिस क्लब र एपीएफ क्लबबीच भिडन्त हुँदैछ।
फाइनल खेल दिउँसो १२ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुनेछ।
नेपाल पुलिस क्लबले लिगमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। जसलाई फाइनलमा पनि दोहोर्याउने पुलिसको दाउ छ भने एपीएफ त्यस हारको बदला लिने तयारीमा छ।
पुलिस क्लब प्रतियोगिता भर अपराजित रहँदै फाइनलमा पुग्दा एपीएफले पुलिससँग लिगमा एक खेल हारेको थियो।
पुलिस ५ खेलमा १५ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो। एपीएफ ४ मा जितका साथ ११ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरेको थियो।
लिगको उपाधि विजेता टोलीले ६ लाख र दोस्रो हुने टिमले ३ लाख नगर पुरस्कार पाउने छन्।
असार ३०, २०८० शनिबार ११:३६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।