नेकपा एसको सचिवालय बैठक आज पनि, संगठन सुदृढीकरणका विषयमा छलफल हुने

नेकपा एसको सचिवालय बैठक आज पनि, संगठन सुदृढीकरणका विषयमा छलफल हुने

काठमाडौँ : सत्तामा रहेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (शनिबार) पनि बस्दै छ।

कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान साढे ८ बजे बैठक सुरु हुने जनाइएको छ। 

आइतबारसम्म चल्ने सचिवालय बैठकमा संगठन सुदृढीकरणका विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुति, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेण्डामा आधारित भएर छलफल भइरहेको बताइएको छ।

शुक्रबार उपाध्यक्ष राजेन्द्र पाण्डेसहित सात नेताले धारणा राखेका थिए।

पछिल्लो समय पार्टीबाट केन्द्रीयस्तरका नेताहरू नै अन्य पार्टीमा गइरहेको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। 

असार ३०, २०८० शनिबार ०८:११:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।