आजको मौसम : लुम्बिनी र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षा हुने

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षा हुने

काठमाडौँ : आज देशभर मौसम सामान्यदेखि पूर्णतया बदली रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिनभर नै सबै प्रदेशका केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

असार ३०, २०८० शनिबार ०७:५७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।