चालु आर्थिक वर्षको अन्तिम शनिबार, आज बैंक तथा वित्तीय संस्था खुला हुने

चालु आर्थिक वर्षको अन्तिम शनिबार, आज बैंक तथा वित्तीय संस्था खुला हुने

काठमाडौँ : आज पनि बैंक तथा वित्तीय संस्थाहरू पनि खुला हुने भएका छन्।

चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायत विषयलाई ध्यानमा दिदै शनिवार पनि बैंक तथा वित्तीय संस्था खुला नै रहन लागेका हुन्।

सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो।

अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेपछि गत शनिवार र आज शनिवार बैंक तथा वित्तीय संस्थाहरू खुला भएका हुन्।

जसअनुसार चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको थियो।

असार ३०, २०८० शनिबार ०७:४२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।