काठमाडौंमा लु को दौडधुप

काठमाडौंमा लु को दौडधुप

काठमाडौं : शुक्रबार बिहान काठमाडौं झरेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु दौडधुपपूर्ण रह्यो।

बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका लुले नेपालस्थित अमेरिकी दूतावासका कर्मचारीसाग भेट गरेपछि परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरे।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे छलफल भएको भयो। साथै द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।

लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटरमा पुगेर पत्नी सीताप्रति श्रद्धान्जली अर्पण गरे। उनले बालुवाटारमा राखिएको शोक पुस्तिकामा समेत हस्ताक्षर गरे।

स्तै लुले आजै सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देउवानिवासमा भेट गरे। भेटमा सभापति देउवाले लूसँग नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गरे।

सो अवसरमा सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गरे।

लु ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमाले मुख्यालय च्यासलमा भेट गरे। भेटमा दुई देशबीचको सम्बन्धको बारेमा छलफल भयो।

गत वर्ष पनि नेपाल भ्रमणमा आएका लु मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताको कार्यान्वयन सुरु हुन मात्र एक महिना बाँकी हुँदा पुन: नेपाल आएका हुन्।

लु को भेटघाटको क्रममा उनीसँगै नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्प्सन पनि साथमै थिए।

असार २९, २०८० शुक्रबार १९:३७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।