कोशीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो

कोशीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो

काठमाडौं : सप्तकोशीमा पानीको बहाव बढेको छ। पूर्वी पहाडी जिल्लामा वर्षा भइरहेकोले पानीको बहाव बढेको हो।

शुक्रबार साँझ साढे छ बजेको मापनअनुसार कोशीमा पानीको बहाव २ लाख १ सय क्युसेक छ। यसअघि दिउँसो १२ बजे पानीको बहाव १ लाख ९० हजार क्युसेक थियो।

कोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ।

६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा वालुवाका कारण पानीको सतह बढेकोले थोरै बहावमै कोशी ब्यारेजमा दबाब पर्ने गर्छ।

कोशी ब्यारेज र तटबन्ध क्षेत्र भारतको नियन्त्रणमा रहेको छ।

असार २९, २०८० शुक्रबार १८:४५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।