पश्चिम नेपालका तीन प्रदेशमा आज राति भारी वर्षाको सम्भावना

पश्चिम नेपालका तीन प्रदेशमा आज राति भारी वर्षाको सम्भावना

काठमाडौं : पश्चिम नेपालका तीन प्रदेशमा शुक्रबार राती भारी वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसन पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको हो।

महाशाखाले साँझ ६ बजे जारी गरेको बुलेटिनमा अहिले मनसुनको न्यून चापीय रेखा पूर्वमा नेपालनजिक अवस्थित रहेको उल्लेख छ।

अहिले देशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
 
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम बाहेकका बाँकी प्रदेशका थोरै स्थानहरूमा मा शुक्रबार राति हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावनाले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने देखिएको भन्दै महाशाखाले हावा-हुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

असार २९, २०८० शुक्रबार १८:२३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।