‘संसद्को एउटा घडी चल्दैन रैछ सभामुख महोदय!’

‘संसद्को एउटा घडी चल्दैन रैछ सभामुख महोदय!’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा रहेको घडी नचलेको विषयमा सभामुखको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सदनमा भएको एउटा घडी नचलेको विषयमा ध्यानाकर्षण गराएका हुन्।

उनले भने, ‘सम्माननिय सभामुख महोदय, त्याँ संसद्को एउटा घडी चल्दैन रैछ सभामुख महोदय। देश चलाउने ठाउँको घडी नै चल्दैन। देशको विकास पनि रोकिराजस्तो लाइराछ सभामुख महोदय।’

संसद् बैठकको अवलोकनका लागि आएका विद्यार्थीहरूतिर देखाउँदै सांसद श्रेष्ठले विद्यार्थीहरूले आफ्नो साथीलाई घडी चल्दैन भनेर सुनाउने बताए।

दर्शकदीर्घातिर देखाउँदै उनले भने, ‘माथि भाइबहिनीहरू आइराख्नृुभा होला। ती भाइबहिनीहरूले आफ्नो साथीहरूलाई के भन्छ होला? संसद्कै घडी चल्दैन भनेर सुनाउन जान्छ सभामुख महोदय।’

उनले बजेटको ७० प्रतिशत असारअघिको तीन महिनामा खर्च हुने र असार महिनामा मात्र २५ प्रतिशत खर्च हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

अपवादबाहेक सरकारले निर्माण गरेको योजना अर्को वर्षसम्म भ्वाङ पर्ने वा चर्किने भन्दै श्रेष्ठले देशमा विकास नभएर विनास भइरहेको र भ्रष्टाचारको मात्र विकास भइरहेकाो टिप्पणी गरे।

असार २९, २०८० शुक्रबार १८:०९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।