शुक्रबार बिहानै बुढानिलकण्ठमा करेन्ट लागेर एक युवकको मृत्यु

शुक्रबार बिहानै बुढानिलकण्ठमा करेन्ट लागेर एक युवकको मृत्यु

काठमाडौं : काठमाडौं बुढानिलकण्ठमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी–३ स्थायी घर भएका २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार बिहान मृत्यु भएको हो।

ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार २९, २०८० शुक्रबार १७:२७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।