भारतले चन्द्रमामा पठायो मानवरहित चन्द्रयान-३

भारतले चन्द्रमामा पठायो मानवरहित चन्द्रयान-३

एजेन्सी : भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ।

दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो।

यसअघि रूस, संयुक्त राज्य अमेरिका र चीनले मात्र चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरेका थिए।

चन्द्रमामा यान प्रक्षेपण गर्ने भारतको अन्तिम प्रयास ग्राउन्ड कन्ट्रोलले रकेट अवतरण गर्नुभन्दा केही क्षणअघि सम्पर्क गुमाएपछि चार वर्षअघि असफल भएको थियो।

यदि भारतीय अन्तरिक्ष यानको बाँकी भाग योजना अनुसार अघि बढ्यो भने चन्द्रयान–३ अगस्ट २३ देखि २४ को बीचमा चन्द्रमाको सानो खोजी गरिएको दक्षिणी ध्रुवनजिकै सुरक्षित रूपमा अवतरण हुनेछ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (आइएसआरओे) द्वारा बनाइएको चन्द्रयान–३ अन्तरिक्ष यानमा विक्रम नामको ल्यान्डर र ज्ञानको लागि संस्कृत शब्द प्रज्ञान नामको रोभर समावेश गरिएको छ।

असार २९, २०८० शुक्रबार १७:११:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।