बेरोजगारी घटाउन ‘पार्टटाइम जब सिस्टम’ ल्याउन सोविताको माग

बेरोजगारी घटाउन ‘पार्टटाइम जब सिस्टम’ ल्याउन सोविताको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सोबिता गौतमले पार्ट टाइम जब सिस्टमको औपचारिक सुरुवात गर्न माग गरेकी छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद् गौतमले अर्थतन्त्र चलायनमान बनाउन पार्टटाइम जब सिस्टमको औपचारिक सुरुवात गरिनुपर्ने बताएकी हुन्।

‘पार्टटाइम कामदारलाई घण्टा अथवा दिएको टास्कको आधारमा बैंकिङ च्यानलबाट पेमेन्ट गर्ने सिस्टमको विकास गरिनुपर्छ,’ उनले भनिन्, ‘यसो गर्दा युवाहरुमा श्रम संस्कृतिको विकास भइ आर्थिक हिसाबले आत्मनिर्भर हुनसक्छन्। यसले उद्यमशील हुँदै समृद्धिको बाटोतर्फ पनि डोर्याउन सक्छ।’

विदेशीसँग ऋण लिने र हरेक वर्ष ऋणको ब्याज तिर्न अर्को ऋण लिने प्रचलन र विश्वसमुदायसँग हात फैलाएर मागेको सहयोगले मात्र देशको समृद्धि हुन नसक्ने भन्दै उनले दीगो आर्थिक वृद्धिका लागि देशभित्रकै सम्भावनाको खोजी गरिनुपर्ने बताइन्।

देशमा आन्तरिम श्रमबजारको विपकल्प खोजी गर्नुपर्ने भन्दै गौतमले गिग अर्थतन्त्रलाई कर र सामजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक रहेको बताइन्।

उनले पार्ट टाइम जब सिस्टमको बारेमा सरकारले के तयारी गरिरहेको छ भन्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रीसँग प्रश्नसमेत राखिन्।

असार २९, २०८० शुक्रबार १६:३८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।