कोशीमा पानीको बहाव बढ्यो, खतराको तह पार

कोशीमा पानीको बहाव बढ्यो, खतराको तह पार

काठमाडौं : सप्तकोशीमा पानीको बहाव बढेको छ। पूर्वी पहाडी जिल्लामा वर्षा भइरहेकोले पानीको बहाव बढेको हो।

शुक्रबार करिब १२ बजेको मापनअनुसार कोशीमा पानीको बहाव १ लाख ९० हजार क्युसेक छ। कोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ।

६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा वालुवाका कारण पानीको सतह बढेकोले थोरै बहावमै कोशी ब्यारेजमा दबाब पर्ने गर्छ।

२०६५ सालमा कोशीको पूर्वी तटबन्ध भत्काएर कोशी गाउँ पसेको थियो। त्यसयता कोशी ब्यारेज र कोशीको तटबन्धलाई विशेष ध्यान दिने गरिन्छ। कोशी ब्यारेज र तटबन्ध क्षेत्र भारतको नियन्त्रणमा रहेको छ।

असार २९, २०८० शुक्रबार १४:४०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।