मूल्यवृद्धि घट्दै गएको छ, अर्थतन्त्र सुधारोन्मुख हुँदैछ : अर्थमन्त्री महत

मूल्यवृद्धि घट्दै गएको छ, अर्थतन्त्र सुधारोन्मुख हुँदैछ : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्। 

राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको बताए।

‘अर्थतन्त्र चलायमान हुँदैछ। मूल्यवृद्धि घट्दै गएको छ। ब्याजदर सहज हुँदै गएको छ। यसले गर्दा राजस्व वृद्धि हुने प्रशस्त आधार दिन्छ,’ मन्त्री महतले भने।

उनले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए।​​​​​​करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने उनले बताए।

‘करका विषयमा कहाँ के गर्दा ठीक हुन्छ भन्ने विषयमा हामी खुला छौं। हामीले गरेका प्रस्ताव दायाँबायाँ हुँदैन भन्ने छैन। मोटामोटी आङ्कलन गरेर समग्रमा यसो गर्दा ठीक हुन्छ भन्ने भएर प्रस्ताव गरिएको हो,’ उनले भने, ‘हामीले प्रस्ताव गरेका करका दरले कहाँ सकारात्मक र नकारात्मक असर परेको छ समीक्षा गरी सोही अनुसार दर निर्धारण हुन्छन्।’ 

असार २९, २०८० शुक्रबार १४:१६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।