मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नआए अर्को संसद् बैठक अवरुद्ध हुन्छ : रवि लामिछाने

मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नआए अर्को संसद् बैठक अवरुद्ध हुन्छ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक नल्याए सदन अवरुद्ध गर्ने जनाएको छ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद्समेत रहेका सभापति लामिछानेले शून्यमा पुगेको मिटरब्याजसम्बन्धी विधेयक नल्याइए सदन अवरुद्ध गर्ने पूर्वजानकारी दिए।

उनले भने, ‘आगामी बैठकमा शून्यमा गएको मिटरब्याजसम्बन्धी विधेयक नआएमा राष्ट्रिय स्वतन्त्र पार्टीले सदन अवरुद्ध हुन्छ।’

आफूले अघिल्लो प्रतिनिधिसभा बैठकमा मिटरब्याज पीडितको पक्षमा रहेको बताउँदै त्यससम्बन्धी विधेयक ल्याउन आग्रह गरे पनि शुक्रबारको बैठकको कार्यसूचीमा नआएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए।

उनले प्रश्न गरे, ‘कार्यसूचीमा मिटरब्याजसम्बन्धी अध्यादेश किन आएन? कसको स्वार्थमा मिटरब्याज पीडितसम्बन्धी विधेयकलाई सदनमा ल्याइएन?’

असार २९, २०८० शुक्रबार १४:१५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।