राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं : राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको विधेयकको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूल रूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए।

विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले सार्वजनिक ऋण बढ्दै गएको र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋणको प्रतिशत बढिरहेकाले त्यस्तो ऋणको उपादेयता र प्रयोगमाथि प्रश्न उठाएका थिए।

उनीहरूले सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगाई पूँजी सिर्जना गरिनुपर्ने सुझाव दिएका थिए। उक्त बैठकले आर्थिक विधेयक, २०८० पनि पारित गरेको थियो।

असार २९, २०८० शुक्रबार १४:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।